विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १७, २०८२
|
|
६९ पटक हेरिएको
Shares
विदेश जाने श्रमिकबाट अभिमुखीकरण शुल्क ७ सयभन्दा बढी लिए इजाजत खारेज

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको स्पष्ट पारेको छ ।
  • विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको प्रष्ट पारेको हो ।
  • पछिल्लो समय अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रूपैयाँ लिने गरेका छन् ।

१७ चैत, काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकका लागि दिइने अभिमुखीकरण तालिम शुल्क नबढेको स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै अभिमुखीकरण तालिमका लागि प्रति प्रशिक्षार्थी शुल्क ७ सय रूपैयाँ नै रहेको प्रष्ट पारेको हो ।

पछिल्लो समय अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रूपैयाँ लिने गरेका छन् । ७ सय भन्दा बढी शुल्क नबढेको प्रष्ट पार्दै विभागले त्यो भन्दा बढी लिएको भए उजुरी गर्न अनुरोध गरेको छ । अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुने र सो अवधिभरको कुल शुल्क ७०० रुपैयाँ नै हुने विभागले प्रष्ट पारेको छ । २०८१ असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उक्त शुल्क नै कायम रहेको प्रष्ट पार्दै त्योभन्दा बढी शुल्क लिने व्यवसायीको अनुमति (इजाजत पत्र) स्वतः रद्द गरिने चेतावनी दिइएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ तथा कार्यविधिअनुसार नै तालिमका सबै मापदण्ड लागु हुने विभागले जनाएको छ । केही तालिम प्रदायक संस्थाले निर्धारित शुल्कभन्दा बढी रकम लिएको गुनासो आएको भन्दै विभागले त्यस्तो नगर्न सचेत गराएको छ । कुनै संस्थाले ७०० रुपैयाँभन्दा बढी शुल्क लिएको प्रमाण भेटिएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा नियमावली बमोजिम त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने विभागले चेतावनी दिएको छ । विभागले सबै मान्यता प्राप्त तालिम प्रदायक संस्थालाई तोकिएको शुल्क मात्र लिन र कार्यविधि पूर्ण रूपमा पालना गर्न भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम
अधूरो पुल निर्माणको माग गर्दै जनकपुर–ढल्केवर सडकमा चक्काजाम
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
अख्तियारदेखि राष्ट्र बैंकसम्म ११ सय राजनीतिक नियुक्ति खारेजीको खाका बनाउँदै बालेन
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त छ : पृथ्वीसुब्बा गुरुङ
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने
नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते हुने
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
सर्लाहीमा १३ गते बाट दादुरा-रुबेला खोप अभियान सुरु
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा
लुम्बिनीमा जसपाका मन्त्री अहिरले दिए राजीनामा