बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन ६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार

सारांश

  • काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो ।
  • उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

६ फागुन, काठमाडौं ।

काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ ।

यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ । स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए ।

त्यसका लागि स्काई एक्सचेन्जकै मान्छेहरूले लगइन गर्नेलाई युजर आईडी र पासपोर्ट बनाएर दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनलाइन गेम तथा बेटिङ खेल्न भनेर रकम जम्मा गर्न लगाउने उक्त भारत पुर्‍याउने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू
सार्वजनिक यातायातको भाडा बढ्यो, आजैबाट लागू
हिउँपहिरोमा दुईजना बेपत्ता
हिउँपहिरोमा दुईजना बेपत्ता
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
कैलालीमा  पाँच सय ४९ नयाँ उद्योग थपिए
कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने