एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक १९, २०८२
|
|
२० पटक हेरिएको
Shares
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ

सारांश

  • नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन्।
  • यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए।
  • ‘एक सय २२ जना साथीहरू त ६।

१९ कात्तिक, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेशको तयारीमा रहेका नेता किसान श्रेष्ठले देशभरका नेता–कार्यकर्तासँग छलफल गरेर, केही दिन अभियान चलाएपछि एमालेमा फर्कने बताएका छन्। यो समूहको तर्फबाट बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सबैको सरसल्लाहपछि औपचारिक कार्यक्रम गरेरै एमाले प्रवेश गर्ने बताए।

‘एक सय २२ जना साथीहरू त ६। ८ महिनाअघि नै एमाले प्रवेश गर्ने तयारी गरिसकेका थियौं। अब हामी केही दिन देशभरका साथीहरूसँग छलफल गर्छौं र एउटा ठूलो शक्ति बनेर औपचारिक कार्यक्रममार्फत् घर फर्कनेछौं,’ उनले भने। उनले एमालेमा फर्कनका लागि आफूहरूले कुनै पदको बार्गेनिङ नगरेको स्पष्ट पारे। ‘महाधिवेशन प्रतिनिधि बन्न पाउँछौं कि पाउँदैनौं भन्ने पनि थाहा छैन। कुनै बार्गेनिङ भएको छैन।

हामीले पद माग्नै पर्दैन, हामी पदको भोको छैनौं। काम गर्दै जाँदा आवश्यकता अनुसार उहाँहरूले जे जिम्मेवारी दिनुहोला्, त्यो स्वीकार गर्नेछौं,’ विघटित प्रतिनिधिसभाका सांसद् समेत रहेका श्रेष्ठले भने। उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीले प्राप्त गरेको दुई लाख ९४ हजार मतमध्ये अधिकांश मत आफूहरूजस्तै भूईं नेताको मेहनतको परिणाम भएको भन्दै एमालेमा फर्किएपछि त्योमध्ये दुई लाखजति मत एमालेमै आउने दावी पनि गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?