Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
यी प्रदेशमा चट्याङसहित बर्षाको सम्भावना

सारांश

  •  हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ ।
  • आज (मंगलबार) दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

 

काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । आज (मंगलबार) दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङ्ग, वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
थाइल्याण्डविरूद्ध नेपालले बलिङ गर्दै, रचना चौधरीको डेब्यू
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु