फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २३, २०८३
|
|
४५ पटक हेरिएको
Shares
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकाले अधिकांश मुसहर बस्तीमा खानेपानी सुविधा पुर्‍याएको छ ।
  • मधेशको पिछडिएको र दलित समुदाय अन्तर्गत पर्ने मुसहर बस्तीमा समरसियल गाडेर खानेपानीको सुविधा पुर्‍याइएको हो ।
  • चन्द्रनगर गाउँपालिकाको वडा नं.

२३ असार, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले अधिकांश मुसहर बस्तीमा खानेपानी सुविधा पुर्‍याएको छ । मधेशको पिछडिएको र दलित समुदाय अन्तर्गत पर्ने मुसहर बस्तीमा समरसियल गाडेर खानेपानीको सुविधा पुर्‍याइएको हो । चन्द्रनगर गाउँपालिकाको वडा नं. १ र ५ बाहेक अन्य वडामा मुसहर समुदायको बाक्लो बसोवास रहेको छ । गाउँपालिकाभित्र अहिले सिँचाई र खानेपानीका लागि १०० बढी समरसियल सञ्चालनमा रहेका छन् । समरसियलमार्फत घरघरमै खानेपानीको धारा आएपछि मुसहर समुदायका स्थानीय खुसी देखिन्छन् । चन्द्रनगर गाउँपालिका–६, कामद निवासी भरत माझी (मुसहर) ले मुसहर बस्तीमा अहिले खानेपानीको दुःख नरहेको बताउँछन् । “दलित बस्तीमा खानेपानीसँगै सडकसमेत ढलान भएसँगै आउजाउमा असाध्य सहज भएको छ,” उनले भने, “मुसहर बस्तीमा पहिलेकै झैँ अवस्था छैन् । गाउँपालिकाको सहयोगले हाम्रो अवस्था पहिले भन्दा फेरिएको छ ।”

यसअघि स्थानीयले चापाकलबाट पानी पिउँदै आएका थिए । चापाकल सुक्दा असाध्य समस्या भए पनि समरसियलबाट वितरण गरिएको खानेपानी अहिले नियमित नै आइरहेको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जकी चन्द्रेखा माझी (मुसहर) ले बताईन् । घरघरमै खानेपानी आएपछि किशोरी तथा महिलाहरुलाई खाना पकाउन, सरसफाई गर्न लगायत कामका लागि पनि सहज भएको चन्द्रेखाको भनाइ छ । “पहिले पहिले ह्याण्ड पम्प अर्थात् चापाकल सुक्दा सबैभन्दा धेरै दुःख महिलाहरुलाई नै हुन्थ्यो तर अहिले त्यो अवस्था छैन्,” उनले भनिन्, “यो समरसियलमार्फत वितरण गरिएको खानेपानीको धारामा नियमित पानी आउने व्यवस्था भइरहेको खण्डमा हामीलाई धेरै सजिलो हुन्छ ।” घरघरमा तथा सार्वजनिक रुपमा पनि समरसियलमार्फत पानीको प्रवन्ध भएपछि स्थानीयलाई लुगा धुन र नुहाउन पनि सहज भएको छ ।

पानीका लागि स्थानीयले चिन्तित भएर सोच्नुपर्ने अवस्था टरेको छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकाभित्रका सम्पूर्ण मुहसर बस्तीमा खानेपानीको पहुँच पुगिसकेको बताए । “अधिकांश मुसहर बस्तीमा खानेपानीको पहुँच पुगिसकेको छ,” उनले भने“हामी निर्वाचित भएर आउँदा बेलाको जस्तो खानेपानीकै लागि मुसहर समुदाय तडपिनु पर्ने अवस्था छैन् ।” हिलो र धुलोले ब्याप्त हुने मुसहर बस्तीको मुहान अहिले फेरिएको उनको दावी छ । उनले भने–“मुसहर बस्तीमा अब खानेपानी र सडकको समस्या छैन्, हामीले सम्भव भएसम्मका आधारभूत सेवा सुविधा पुर्‍याएका छौँ । मुसहर समुदायमा चेतनाको स्तर वृद्धिका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, बचत समूह सञ्चालन, पशुपालन र शिक्षामा लगानी गर्दै आइरहेको गाउँपालिका अध्यक्ष महतोले बताए । चन्द्रनगर गाउँपालिका ६ कामदका मुसहर महिलाले त महाजनमुक्त सहकारी संस्था खोलेर नियमित बचतसमेत गर्ने गरेका छन् ।

उक्त सहकारीकी अध्यक्ष शिवकली ऋषी (मुसहर) सहकारी संस्था खुलेपछि मुसहर महिलाहरुमा नियमित बचत गर्ने बानीको विकास हुँदै गएको बताउँछन् । उक्त सहकारीमा जम्मा भएको पैसाले मुसहर समुदाय आपत्तविपत्त पर्दा र खाँचो पर्दा ब्याजमा पैसा लगाउने गरेका छन् । गाउँपालिकासमेतको सहयोगमा मुसहर महिलाको सहकारी संस्था खोलेपछि साहुमहाजनकहाँ ऋण लिन जानु नपरेको उनको भनाइ छ । “अहिले ऋण चाहिए हाम्रै सहकारी संस्था छ, पहिले जस्तो चर्को ब्याजमा साहु महाजनकहाँ पैसा लिन जानुपर्दैन,” शिवकलीले भनिन्‌“खाँचो परेको बेला जो कोही सदस्यलाई तुरुन्त सहकारी संस्थाबाटै ऋण दिने गरेका छौँ ।” मुसहर महिलाको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले चन्द्रनगर गाउँपालिकाले उनीहरुलाई पाडापाडी, बाख्रालगायतका चौपाय पनि वितरण गरेको छ । खोर निर्माणमा पनि गाउँपालिकाले मुसहर महिलालाई अनुदान प्रदान गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैनः आयोजना
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
भिजिबिलिटी कम हुँदा आधा दर्जन विमान डाइभर्ट
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
बिहारमा दोस्रो चरणको निर्वाचन आज, नेपालका नाका बन्द
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ
हिन्दू सम्राट सेनासँग फेरि वार्तामा बसे गृहमन्त्री गुरुङ