डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए

सारांश

  • प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए ।
  • अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ ।
  • जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए ।

 

अमरेश कुमार पाण्डे 

१५ भदौ जनकपुरधाम। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए ।https://press4k.com/

अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजी फस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो । स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतले खबरहबलाई बतायो ।

डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ । एक बिचौलिया पक्राउ डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ ।

लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बतायो । यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिक विषयमा बोल्न नमिल्ने जवाफ आयो ।

१० प्रहरी हेडक्वार्टर तानिए

डीआईजी पोखरेलमाथि भइरहेको छानविनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एकजना समेत गरी १० प्रहरीलाई छानविनका लागि हेडक्वार्टर तानेको छ । डीआईजी पोखरेल निकटस्थ मधेसका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ थालेको हो । छानविनका लागि प्रधान कार्यालय तानिएका प्रहरीको सूची –

१. सई चन्द्रप्रसाद यादव– सीमा प्रहरी चौकी दुहबी, धनुषा

२. असई उपेन्द्र प्रसाद यादव– प्रहरी चौकी मोहवा, सप्तरी

३. वरिष्ठ हवल्दार निरज कुमार साह– जिप्रका धनुषा

४. हवल्दार बच्चेलाल यादव– जिप्रका बारा

५.हवल्दार बृजेस मुखिया– इप्रका बालाङ्खा, भोजपुर

६. हवल्दार शैलेन्द्रप्रसाद कुर्मी– इप्रका निजगढ

७.सहायक हवल्दार अशोककुमार यादव– प्रहरी चौकी जनकुरधाम

८.सहायक हवल्दार ईश्वर अच्छामी– मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम

९. सहायक हवल्दार मुकुन्द शर्मा– प्रहरी चौकी कपिलेश्वर, धनुषा

१० जवान सतेश लाल कायस्थ– जिप्रका धनुषा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीका नेताहरू छलफलमा
एकीकृत समाजवादीका नेताहरू छलफलमा
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वासको मत पाउने निश्चित नभएपछि राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
विश्वभर प्रेस स्वतन्त्रता दिवसको अबसरमा माइतिघरमा ऐक्यवद्धता र्याली (तस्बिरसहित)
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
नेपाली पौडी खेलाडी शाहले बनाए कीर्तिमान रेकर्ड
नेपाली पौडी खेलाडी शाहले बनाए कीर्तिमान रेकर्ड
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?