Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
६० पटक हेरिएको
Shares
जापनिज इन्सेफ्लाइटिसबाट महिलाको मृत्यु

सारांश

  • पुरानो मेडिकल कलेज चितवनले जनाए अनुसार भदौ २५ गते जापनिज इन्सेफ्लाइटिस रोग लोगेका उहाँको १५ दिनपछि मृत्यु भएको हो ।
  • गत भदौ २५ गते जिल्ला अस्पताल गोरखामा उपचारपछि फेरि थप उपचारका लागि उहाँलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो ।
  • उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालले मृतक घोषण गरेको मृतक राधिका कुमालका पति सरोज कुमालले बताउनुभयो ।

 

१० असोज , जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट जिल्लाको गोरखा नगरपालिका–१२ दशकिलोकी ३४ वर्षीया राधिका कुमालको मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज चितवनले जनाए अनुसार भदौ २५ गते जापनिज इन्सेफ्लाइटिस रोग लोगेका उहाँको १५ दिनपछि मृत्यु भएको हो । गत भदौ २५ गते जिल्ला अस्पताल गोरखामा उपचारपछि फेरि थप उपचारका लागि उहाँलाई चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा बिहिबार बिहान ८ बजे अस्पतालले मृतक घोषण गरेको मृतक राधिका कुमालका पति सरोज कुमालले बताउनुभयो । जापनिज इन्सेफ्लाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फुल पार्ने समय भएकाले यो रोगको सक्रमणको उच्च जोखिम रहेको

स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माको भनाइ छ ।  लामखुट्टेले सुङ्गुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्छन् अनि संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि जापनिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन । जापनिज इन्सेफ्लाइटिस रोग लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म रोगको लक्षण देखा पर्ने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले बताउनुभयो ।

यो रोग लागेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटी कडा हुने, पक्षघात हुने यस रोगका लक्षण भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त रोगबाट बच्न झुल टाँगेर सुत्न, सुँगुर हाँस र कुखरालाई घरभन्दा टाढा पाल्न, खेतबारीमा काम गर्दा लामो कपडा लगाउन र घर वरीपरीको रहेका खाल्डा खुल्टी हुन नदिने यसरोगबाट बच्ने प्रमुख उपाय भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईलाई प्रहरीले कतिबेला ल्याउँदैछ काठमाडौं ?
दुर्गा प्रसाईलाई प्रहरीले कतिबेला ल्याउँदैछ काठमाडौं ?
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न बालेनको आह्वान
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव
हामी केवल तथ्यांक होइन, जीवनको उत्सव मनाइरहेका छौं- डा. सचिन यादव
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
तीन दिनसम्म भेटिएनन् कर्णालीमा हराएका यात्रु
वीरगञ्जको जनजीवन सामान्य हुँदै
वीरगञ्जको जनजीवन सामान्य हुँदै
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरीमाना
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल