आज साँझ जनमत पार्टीको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आज साँझ जनमत पार्टीको बैठक बस्दै

सारांश

  • नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
  •   बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि  बैठक बोलाइएको हो ।
  • बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ ।

१६ वैशाख, काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टीसँग एकताको विषयमा छलफल गर्न आज साँझ जनमत पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  बानेश्वरस्थित पार्टी कार्यालयमा साँझ ६ बजेका लागि  बैठक बोलाइएको हो । बैठकमा कार्यकारिणी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको छ ।

सम्पूर्ण कार्यकारिणी सदस्यलाई आफ्नो नागरिकता र मतदाता परिचयपत्र लिएर आउन पार्टीले सूचित गरेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको सम्पूर्ण तयारी पूरा भएको छ । वैशाख १७ गते पार्टी एकता घोषणा हुँदैछ । पार्टीको नाम जनमत पार्टी रहने छ भने चुनाव चिह्न ढकिया रहने सहमति भएको छ । त्यस्तै पार्टीको कार्यकारी अध्यक्षमा डा. सीके राउत, संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने तय भएको छ ।

संरक्षक रेशम चौधरीसहित ५१ सदस्यीय पदाधिकारीमा दुवै पार्टीबाट २५–२५ जना रहने छन् भने ७०० सदस्यीय केन्द्रीय समितिमा पनि दुवै पार्टीबाट आधाआधा रहने सहमति भएको छ । भोलि एकीकरण घोषणा भएपछि वैशाख १९ गते पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने नेताहरूले जनाएका छन् । भोलि एकताको घोषणा भएपछि त्यही दिन एकीकृत पार्टीको केन्द्रीय समितिको बैठक बसेर पार्टी दर्ताका लागि निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
सङ्खुवासभाको बाह्रबिसे  बजारमा आगलागी, पाँच घर जले
सङ्खुवासभाको बाह्रबिसे बजारमा आगलागी, पाँच घर जले
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक, यस्ता छन् छलफलका एजेन्डा
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
वीरगञ्ज नाका हुँदै सात महिनामा रु आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद सरोज सिंह निलम्बित
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै
मौसम खराब हुँदा अवतरण हुन सकेनन् जहाज, आधा दर्जन प्लेन आकाशमा घुम्दै