Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
५५ पटक हेरिएको
Shares
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास

सारांश

  • गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् ।
  • शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।
  • ’ राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो ।

 

२९ चैत, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’

राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो । संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईंलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
राजावादी आन्दाेलनबारे प्रचण्डको टिप्पणी- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्
शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै
शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी
सरकारले १० महिनामा गर्‍यो पौने १२ खर्ब खर्च, वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चियो आम्दानी
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना
सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
आत्मसम्मान नगुमाइकन वैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न तयार छौँ: कुलमान घिसिङ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा
जनकपुरधाम मेयर कपः सितामढीलाई हराउँदै धनुषा सेमिफाइनलमा