सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३०, २०८३
|
|
४७ पटक हेरिएको
Shares
सिंहदरबारको केन्द्रीय क्यान्टिनमा अखाद्य सामग्री फेला, २ लाख १ हजार रुपैयाँ जरिवाना

सारांश

  • सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।
  • देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि विभागले सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो ।
  • विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ।

३० जेठ, काठमाडौं ।

सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि विभागले सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले करिब छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा उपभोगका लागि अयोग्य सामग्री तत्काल नष्ट गरेको थियो। उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने खाद्य सामग्री भण्डारण तथा बिक्रीका लागि राखिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्दै जरिवाना गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त– पीएसओ र गाडी सुविधा नलिने
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा
तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा
नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौता लागि छलफल
नेपाल र बङ्लादेशबीच विद्युत् व्यापार सम्झौता लागि छलफल
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
कोशी सरकारविरुद्धको रिटमा केहीबेरमा आदेश आउने
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
मलाई चुनाव लड्न नदिए देशमा निर्वाचन नै हुँदैन: रेशम चौधरी
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै
मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै