संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३० पटक हेरिएको
Shares
संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँ : उपसभापति गुरुङ

सारांश

  • नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
  • प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति उनले दश वर्षदेखि प्रयोगमा रहेको संविधान पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्नेमा जोड दिए।
  • ‘हामीले संविधान प्रयोगमा ल्याएको दश वर्ष भयो,’ गुरुङले भने, ‘दश वर्ष कार्यान्वयन गरिसकेको संविधानको फेरि बसेर पल्टाएर समिक्षा गर्नुपर्छ र?

२३ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति उनले दश वर्षदेखि प्रयोगमा रहेको संविधान पुनरावलोकन नभई संशोधनतर्फ लाग्नुपर्नेमा जोड दिए।

‘हामीले संविधान प्रयोगमा ल्याएको दश वर्ष भयो,’ गुरुङले भने, ‘दश वर्ष कार्यान्वयन गरिसकेको संविधानको फेरि बसेर पल्टाएर समिक्षा गर्नुपर्छ र? प्रयोग नै समीक्षा हो सभामुख महोदय। यस अवधिमा संविधानमा कहाँ कहाँ समस्या छ भन्नेकुरा हामीले पत्ता लाइसकेको अवस्था छ। त्यसकारण नीति तथा कार्यक्रममा संविधानको समीक्षा होइन संशोधन गर्ने लेखिनुपर्छ।’ संविधान संशोधन प्रक्रियामा सहमतिको बाटो अपनाउनुपर्ने र त्यसका लागि सर्वदलीय समिति गठन गर्नु उपयुक्त हुने उनको विचार छ। निर्वाचन प्रणालीमा समेत सुधारको माग गर्दै उनले वर्तमान समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची हटाउने प्रस्ताव गरे।

‘यहाँ अर्को कुरा पनि थपिनुपर्ने थियो संविधान संशोधन गर्नको लागि सर्वदलीय समिति गठन गरिनेछ भनेर लेखिदिएको भए के बिग्रिन्थ्यो?,’ गुरुङले प्रश्न गरे, ‘आखिरमा हामी सबै मिलेर संविधान बनाएका हौँ। संशोधन गर्नपनि सबै मिल्नैपर्छ।’ उनले थपे, ‘हामीले अब समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आँट गर्ने कि नगर्ने? अब ११० जनाको जुन बन्दसूची छ त्यसलाई हटाउँ। १६५ निर्वाचन क्षेत्र बाँकी रहन्छ। बाँकी ५५ जना महिला हुने गरेर छुट्याइदिउँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिपक्षकाे विरोधपछि सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित, सरकारले अनावश्यक खर्च बढाएको आराेप
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
बयान दिन अख्तियार पुगिन् पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू सार्वजनिक
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल