खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
२० पटक हेरिएको
Shares
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी

सारांश

  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
  • शनिबार कोशी प्रदेश खेलकुद बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
  •   मन्त्री चौधरीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको बताए ।

२८ असार, काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार कोशी प्रदेश खेलकुद बोर्डले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।  मन्त्री चौधरीले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रको बजेट दोब्बरले बढाएको बताए ।

उनका अनुसार सरकारले विगतका वर्षहरूमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन करोड बजेट विनियोजन गर्दै आएकोमा आगामी आर्थिक वर्षको बजेटमा दोब्बरले बढाएर ६ अर्ब विनियोजन गरेको छ। मन्त्री चौधरीले ६ अर्ब बजेट मध्ये ४ अर्ब खेलकुद क्षेत्रका पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको बताए । चौधरीले भने‘ आगामी आर्थिक वर्षका मन्त्रालयले ४ अर्ब बजेट पूर्वाधार निर्माणका लागि मात्रै विनियोजन गरेको छ ।’ मन्त्री चौधरीले बजेट विनियोजन गरिएका आयोजनाको तत्काल डीपीआर गर्न र डीपीआर गरेका आयोजनाबारे मन्त्रालयलाई साउन भित्रै जानकारी दिन पनि आग्रह गरे ।

उनले आगामी आर्थिक वर्ष द्रुत गतिमा खेलकुदका पूर्वाधार निर्माण गर्ने दाबी पनि गरे । मन्त्री चौधरीले राम्रा खेलाडी उत्पादनका  लागि स्कुल देखि ओलम्पिक भन्ने कार्यक्रम पनि सरकारले कार्यान्वयनमा लैजाने तयारी गरेको जानकारी दिए ।  उनले कोशी प्रदेश खेलकुदमा पछि परेका कारण खेलकुद क्षेत्रलाई उकास्ने र खेलाडीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने कार्यक्रम ल्याउन प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गरे । कार्यक्रममा खेलकुद क्षेत्रका खेलाडी, प्रशिक्षक, पदक विजेता खेलाडी र पत्रकारहरूलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु
कोशीका २ मन्त्रालयले उठाए १९ करोड बेरुजु
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
सिटी सफारीका चालक ह*त्या प्रकरणमा सात जना पक्राउ
सिटी सफारीका चालक ह*त्या प्रकरणमा सात जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा