मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३० पटक हेरिएको
Shares
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताउनुभएको छ ।
  • बिहीवार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरु बनाइरहेको पनि बताउनुभएको हो ।
  • मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि समेत रणनीति बनाएर कार्यान्वयन गरिने उहाँको भनाइ छ ।

८ साउन, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मधेस प्रदेशमा परेको खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीर रूपमा लागिपरेको बताउनुभएको छ । बिहीवार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले मधेसमा रहेको खोनपानीको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजनाहरु बनाइरहेको पनि बताउनुभएको हो ।

मानवीय कारणले उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि समेत रणनीति बनाएर कार्यान्वयन गरिने उहाँको भनाइ छ । उहाँले विपद् व्यवस्थापन प्राधिकरणलाई प्रभावकारी बनाएर विपद्जन्य घटनाको व्यवस्थापन र जोखिम नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘विपद्मा परेर सुक्खा र खडेरी परेको मधेशको जनतालाई हामीले कसरी राहत उपलब्ध गराउने र त्यसको दीर्घकालिन समाधानका लागि के गर्ने भनेर योजना बनाउने र अहिले तत्काललाई खानेपानीको समस्या र सिंचाईको समस्या हल गर्ने कुरामा सरकार गम्भीर छ । मानवीय कारणले भएका समस्याहरु कसरी हल गर्ने भनेर पनि हामीले योजना बनाउँछौं ।’विपद् तथा अतिवृष्टि र अनावृष्टिको समस्या समाधान गर्न राज्य बलियो हुन जरुरी रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक ‘सेमिनार’ गरिने
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा
गभर्नरको हस्ताक्षरसहित ५०० को नयाँ नोट आजदेखि चलनचल्तीमा
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू