अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २१, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई

सारांश

  • अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले विजयी हासिल गर्दै दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने पक्का भएको छ।
  • डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले निर्णायक अग्रता लिएका छन्।
  • सात महत्वपूर्ण स्वीङ राज्यहरूमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना, र पेन्सलभेनियामा जीत हासिल गरेपछि ट्रम्पको जित सुनिश्चित भएको हो।

काठमाडौं ।

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले विजयी हासिल गर्दै दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने पक्का भएको छ। डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले निर्णायक अग्रता लिएका छन्। सात महत्वपूर्ण स्वीङ राज्यहरूमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना, र पेन्सलभेनियामा जीत हासिल गरेपछि ट्रम्पको जित सुनिश्चित भएको हो।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्पले सन् २०२० मा जो बाइडनसँग प्रतिस्पर्धा गरेका थिए तर उनी पराजित भएका थिए। यसपटक भने रिपब्लिकन पार्टीले तल्लो सदन र माथिल्लो सदन दुवैमा बहुमत हासिल गर्ने सम्भावना रहेको छ, जसले गर्दा ट्रम्पको नेतृत्वलाई थप सशक्त बनाउनेछ।

फ्लोरिडामा रहेका आफ्ना समर्थकहरूसँगको सम्बोधनमा ट्रम्पले आफ्नो आगामी कार्यकाललाई “स्वर्णयुग” बनाउन प्रतिबद्ध रहेको बताए। रिपब्लिकन पार्टीले सिनेटमा पनि बहुमत हासिल गर्ने प्रक्षेपण गरिएको छ, जसमा १०० सिटमध्ये ५१ सिट जित्ने सम्भावना छ। यससँगै रिपब्लिकनले सिनेटमा आफ्नो प्रभुत्व कायम गर्ने पक्का भएको छ।

रिपब्लिकन पार्टीका अन्य उम्मेदवारहरूले ओहायो र वेस्ट भर्जिनियामा सिनेटका सिटहरू जितेर डेमोक्रेटिक पार्टीको बहुमत गुमाएको पुष्टि गरेका छन्। यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई बधाई सन्देश पठाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
कोरोना सङ्क्रमणबाट पोखरामा एक जनाको मृ*त्यु
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान हुदै
प्रधानमन्त्री ओली स्वदेश प्रस्थान हुदै
‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’: अध्यक्ष पाण्डे
‘जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ’: अध्यक्ष पाण्डे
पाकिस्तानमा पनि भुकम्पको धक्का
पाकिस्तानमा पनि भुकम्पको धक्का
कात्तिक कृष्ण औंसी : धन धान्यकी देवी लक्ष्मी पूजा
कात्तिक कृष्ण औंसी : धन धान्यकी देवी लक्ष्मी पूजा
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
न्याय सम्पादनलाई गति दिन शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो : प्रधानमन्त्री शाह
सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
के ट्रम्पले दाबी गरेजस्तै इरान कमजोर भइसकेको छ ? सीएनएनको रिपोर्ट भन्छ- विल्कुलै गलत
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा