मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
मेलाबाट फर्किँदै गरेका युवकमाथि गो*ली प्र*हार, आरोपी तत्कालै पक्राउ

सारांश

  • जाजरकोटको बारेकोटमा गोली प्रहारबाट एकजना घाइते भएका छन्।
  •   बारेकोट गाउँपालिका–६ स्थित कार्की जिउलामा लागेको मेलाबाट घर फर्किने क्रममा मंगलबार राति गोली प्रहार हुँदा बारेकोट गाउँपालिका–७ का ३४ वर्षीय यमराज सिंह घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
  • ढाँडमा गोली लागेर घाइते भएका सिंहलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो।

४ मंसिर, जाजरकोट ।

जाजरकोटको बारेकोटमा गोली प्रहारबाट एकजना घाइते भएका छन्।  बारेकोट गाउँपालिका–६ स्थित कार्की जिउलामा लागेको मेलाबाट घर फर्किने क्रममा मंगलबार राति गोली प्रहार हुँदा बारेकोट गाउँपालिका–७ का ३४ वर्षीय यमराज सिंह घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। ढाँडमा गोली लागेर घाइते भएका सिंहलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै थप उपचारको लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै भेरी अस्पताल र पछि न्युरो अस्पताल नेपालगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुधिन कुमार खड्काले जानकारी दिए। घाइते सिंहको अवस्था माध्यम रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटना अनुसन्धानको क्रममा गोली प्रहार गरी फरार रहेका सोही वडाका ३२ वर्षका टेकेन्द्र नेपालीलाई पक्राउ गरेको छ।  उनलाई आफ्नै घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको निरीक्षक खड्काले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
नेपाली सेनाको सक्रियता : इलाममा दुई जनाको हेलिकप्टरबाट उद्धार
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव