Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
  • बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन् ।
  • अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरे ।

२१ भदौ, ललितपुर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका छन् । बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरे । उक्त आग्रहप्रति हलमा तालीको समर्थन गरिएको थियो । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गरेका थिए । शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र

केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गरेका थिए । दोस्रो दिन आज केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित दश समूहले आज दिनभर छलफल गर्नेछन् । समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ । महाधिवेशन आइतबार सम्पन्न हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्छ : माधव नेपाल
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
संसद् अवरोध खुलाउने सभामुखको पहल, सचेतकसँग छलफल
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द, बैङ्क खाता रोक्का
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
यस्तो छ जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेण्डा
यस्तो छ जसपा नेपालको केन्द्रीय समिति बैठकको एजेण्डा
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री