कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२७ पटक हेरिएको
Shares
कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह

सारांश

  • पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहो¥याउन आग्रह गर्नुभएको छ ।
  • शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।
  • आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उहाँले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

२ साउन, काठमाडौं ।

पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहो¥याउन आग्रह गर्नुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।

आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उहाँले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । सभापति सिंहले भन्नुभयो, ‘हिजोका दिनको बल्खु अण्डरपासको बारेमा हामीहरूले धेरै कुरा भोगि पनि सकेका छौँ । जुन यो चक्रपथको १.२ किलोमिटर छ, त्यसको लागि पनि डीपीआर गर्दाखेरी चाहिने मात्रामा अति आवश्यक हुने ठाउँमा फ्लाइओभर ब्रिज वा अण्डरपासको लागि पनि अहिले नै सोच्नुपर्ने अवस्था छ । किनकी हिजो रिङरोडमा चाइनिजले बनाइसकेपछि वर्षौंसम्म बनेको ब्रिजलाई उखेलेर, समय पनि, लागत पनि हाम्रो ठूलो मात्रामा बालुवामा पानी हालेजस्तो भएको छ ।

अब उप्रान्त रिङरोडको कोटेश्वर– नारायणगोपाल चोक–चाबहिल एरिया–गौशाला (सातदोबाटो र स्वयम्भू एरियामा पनि) कहाँ अति आवश्यक छ, बाइपास’ ? अण्डरपास वा फ्लाइओभर ? अहिले देखि नै डीपीआर बनाइकन जान पनि समितिले अनुरोध गर्दछ । जुन हिसाबबाट हिजोका दिनबाट बल्खुबाट सिकेका छौँ, कमि कमजोरी भएको छ, अब सकेसम्म नयाँ बन्न गएको रिङरोडमा चाहिने पूर्वाधारहरू पूरा कम्प्लिट गरिकन, जुन अन्डरपास बनेको छ, त्यो ठाउँबाट निस्केपछि त अगाडि पट्टि त जामै जाम छ नि। त्यसकारण यो रिङरोड निर्माण गर्न गइरहेका छौँ, हरेक ठाउँमा, अतिआवश्यक ठाउँमा फ्लाइओभर वा अण्डरपासको लागि अहिले देखि नै डीपीआरमा राख्न समितिबाट मन्त्रालयलाई अनुरोध गर्दछौँ ।’ उहाँले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?