यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
३२ पटक हेरिएको
Shares
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने

सारांश

  • देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।
  • नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
  • यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

११ भदौ , काठमाडौं । देशका केही ठूलासाना नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन संखुवासभा, मकवानपुर, पर्सा, चितवन, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ र कास्की भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ । यी जिल्लाका केही नदीमा महाशाखाले आकस्मिक बहावको जोखिमको पूर्वानुमान गरेको छ ।इलाम, झापा, सोलुखुम्बु, सिन्धुली, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, मुगु, दैलेख, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा र डोटी भई बहने केही साना नदीमा पनि बहाव बढ्ने अनुमान छ । अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
यातायातको डेटा सेन्टरमा पुनः समस्या, लाइसेन्सको नयाँ आवेदन बन्द
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
सरकारको १०० कार्यसूचीमा उपेक्षित वन व्यवस्थापन
सरकारको १०० कार्यसूचीमा उपेक्षित वन व्यवस्थापन
जङ्गली हात्तीको आक्रमणबाट युवकको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट युवकको मृत्यु
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
आज एमाले सचिवालय बैठक बस्दै
आज एमाले सचिवालय बैठक बस्दै