Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
५२ पटक हेरिएको
Shares
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको  शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् ।
  • ​ ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् ।
  • उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो ।

 २० फागुन, कपिलवस्तु ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको  शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गरेका छन् ।​ ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गरेका हुन् । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो ।

आयोजना प्रमुख अविनाशी सिग्देलका अनुसार आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने छन् ।  आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरू सम्झौता भएर अलमलमा पर्ने गरेकोमा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । ‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न स्थानीय समुदाय चनाखो बन्नुपर्छ, आयोजनाको सम्पन्नतासँगै यहाँको कृषि क्षेत्रको विकासमा सहयोग पुग्छ,’ मन्त्री खड्काले भने ।

उक्त कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको लागत रु १९ करोड रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन
वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
पत्रकार महासंघको निर्वाचन स्थगित
पत्रकार महासंघको निर्वाचन स्थगित
आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
अमेरिकी बमबारीमा इरानको खार्ग टापुका सैन्य केन्द्र पूर्ण रूपमा नष्ट भएको ट्रम्पको दाबी
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
साउदीमा १०१ जना विदेशीलाई मृत्युदण्ड, कुन देशका कति ?
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै