वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २, २०८३
|
|
६५५ पटक हेरिएको
Shares
वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन

सारांश

  • वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन गरेको छ ।
  • चालु आवका साउन महिनादेखि वैशाख मसान्तसम्म एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको हो ।
  • भन्सार विभागले यस अवधिमा वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

२ जेठ, वीरगञ्ज ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा झन्डै दुई खर्ब राजस्व संकलन गरेको छ । चालु आवका साउन महिनादेखि वैशाख मसान्तसम्म एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको हो ।भन्सार विभागले यस अवधिमा वीरगञ्ज भन्सार कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । उनका अनुसार वीरगञ्ज भन्सार कार्यालयको राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व संकलन हुने कार्यालयको अपेक्षा छ । कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब नौ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यसैगरी, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड,  चैतमा २२ अर्ब ८२ करोड र वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी विष्टले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली
एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई
एनपीएलको पहिलो विकेट ललित राजवंशीलाई
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
मधेश प्रदेशका आठवटै पूर्वाधार कार्यालयसंग कागजात माग
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
मधेश सरकार गठन विवादको पेसी न्यायाधीश सुवेदी र पोखरेलको इजलासमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुला
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा
कांग्रेसका मन्त्रीहरु छलफलमा जुटे, शेखर पक्षका मन्त्रीहरु राजीनामाको तयारीमा