सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

देशभर साढे ५८ लाख सवारीसाधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
५६ पटक हेरिएको
Shares
देशभर साढे ५८ लाख सवारीसाधन दर्ता, सबैभन्दा धेरै मोटरसाइकल

सारांश

  • देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ ।
  • यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ ।
  • देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

२२ भदौ, काठमाडौं ।

देशभरि दर्ता भएका सवारीसाधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ । यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारीसाधन दर्ता भएको देखिएको छ । देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् । २०८१/८२ सम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । अहिले देशभरि ३ लाख ६६ हजार ७ सय २३ कार/जिप/ट्याक्सी रहेको विभागको तथ्यांक छ ।

नेपालमा प्रजातन्त्र आएको वर्ष अर्थात् आव २०४६/४७ मा नेपालमा ७६ हजार ३ सय ७८ सवारीसाधन थिए । त्यसयता साढे ३ दशकमा सवारीसाधन संख्या उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । विभागको तथ्यांक अनुसार नेपालमा ७१ हजार ५ सय ७७ बस गुड्ने गरेको पाइएको छ । मिनिबस/ट्रक संख्या ४१ हजार ९ सय ८६ छ । क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर संख्या भने १ लाख २९ हजार १ सय १९  देखिन्छ । पिकअप गाडी संख्या ९१ हजार ४ सय ८३ छ ।

त्यस्तै माइक्रोबस १२ हजार ५ सय ७५, टेम्पो १ लाख ११ हजार ३ सय ५२ र ट्याक्टर १ लाख ९० हजार ६४ रहेको तथ्यांक छ । दर्ता भएका ई–रिक्सा ७३ हजार ६ सय ६ र अन्य १७ हजार ८ सय ७५ गरी देशभरि कुल ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएको देखिएको छ । गत आव २०८१/८२ मा मात्र २ लाख ४२ हजार ४ सय ४१ सवारीसाधन दर्ता भएका थिए । त्यसबेला २ हजार ५ सय ८८ बस दर्ता भएका थिए । त्यस्तै १५ हजार ९९ कार थपिएका छन् । मोटरसाइकल भने १ लाख ९६ हजार २ सय ११ वटा थप भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ। 
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
सहज बन्दै देवानगन्ज, कर्फ्यु भने कायमै
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
रौतहटमा घण्टीको दबदबा : तीन क्षेत्रमा रास्वपाको अग्रता, एकमा कांग्रेस अगाडि
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
नवनियुक्त गभर्नर पौडेलले भेटे अर्थमन्त्री पौडेललाई
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
लागू औषधसहित महिला पक्राउ
लागू औषधसहित महिला पक्राउ
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार
२७५० अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार