शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३० पटक हेरिएको
Shares
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ

सारांश

  •   पोखरामा एक नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ।
  • घटनाको गत वर्ष असोज १३ गतेको हो।
  • शिशुको हत्यापछि उनी लुकीछिपी बस्दै आएका थिए।

६ साउन, काठमाडौं । 

पोखरामा एक नवजात शिशुको हत्या गरी राजमार्ग छेउमा फालेको अभियोगमा प्रहरीले शिशुका बाबुलाई पक्राउ गरेको छ। घटनाको गत वर्ष असोज १३ गतेको हो। शिशुको हत्यापछि उनी लुकीछिपी बस्दै आएका थिए। आइतबार अर्कै सन्तानकी सुत्केरी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका बेला उनी प्रहरीको फन्दामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, गत वर्ष असोज १३ गते पोखरा महानगरपालिका–१४, चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा रातो-गुलाबी रङको ब्लाङ्केटले बेरिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो। शवको पोस्टमार्टम गर्दा शिशुको मृत्यु घाँटी र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको रिपोर्ट आएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान केन्द्रित गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले शिशुका बुवा नुवाकोट घर भई हाल पोखरा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने भएको पहिचान गरे पनि उनी फरार थिए।

घटनाको झन्डै दश महिनापछि, आइतबार लामिछानेले अर्कै सन्तानकी सुत्केरी श्रीमतीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएका थिए। सोही सूचनाको आधारमा प्रहरीले उनलाई अस्पताल परिसरबाटै पक्राउ गर्न सफल भयो। पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत, कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता र हत्याको कारणबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक
गिलि अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो
गिलि अटो एक्स–५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट
राष्ट्रपति पौडेल र न्युजिल्यान्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेट
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री
नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर : प्रधानमन्त्री