चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
चिकित्सकको आत्महत्या प्रयास घटना : विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

सारांश

  • काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल)का आवासीय चिकित्सक (रेजिडेन्ट)को आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर अध्ययनरत विद्यार्थीहरुले शुक्रबार डीन अफिसमा ताला लगाएका छन्।
  • गत साता मनोचिकित्सक विषयमा स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको घटना बाहिरिएपछि त्यहाँ अध्ययनरत रेजिडेन्ट विद्यार्थीहरुले डीन अफिसमा ताला लगाएका हुन्।
  • अस्पतालका विभागीय प्रमुख एवं एसोसिएट डीन प्रोफेसर डा.

 

१८ फागुन, काठमाडौं। काठमाडौं विश्वविद्यालय अस्पताल (धुलिखेल अस्पताल)का आवासीय चिकित्सक (रेजिडेन्ट)को आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर अध्ययनरत विद्यार्थीहरुले शुक्रबार डीन अफिसमा ताला लगाएका छन्। गत साता मनोचिकित्सक विषयमा स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीले आत्महत्याको प्रयास गरेको घटना बाहिरिएपछि त्यहाँ अध्ययनरत रेजिडेन्ट विद्यार्थीहरुले डीन अफिसमा ताला लगाएका हुन्।

अस्पतालका विभागीय प्रमुख एवं एसोसिएट डीन प्रोफेसर डा. अजय रिसाल, एसोसिएट प्रोफेसर डा.दीपक कुँवरलगायतका प्राध्यापकहरुको दुर्व्यवहारका कारण विश्वविद्यालयको मेडिकल साइन्सअन्तर्गत मानसिक रोग विभागमा पढ्ने उचित वातावरण नभएको आरोप लगाउँदै तालाबन्दी गरेको पीडित विद्यार्थीहरूले बताएका छन् । उनीहरूका अनुसार घटना भएको एक हप्ता बितिसक्दा पनि डिन कार्यालयले कुनै छानबिन प्रक्रिया अगाडि नबढाएपछि तालाबन्दी गर्नु गरेको हो ।

विश्वविद्यालयमा आइपरेको विषम परिस्थितिमा आफ्नो कार्यालयमा उपलब्ध नभएका कारण डिनको कार्यालयमा तालाबन्दी गर्नुपरेको हो।’ एक विद्यार्थीले बताए । उनका अनुसार विश्वविद्यालयको मानसिक रोग विषयअन्तर्गत स्नातकोत्तर तहको पहिलो वर्षमा ३ जना, दोस्रो वर्षमा २ जना र तेस्रो वर्षमा २ जना गरी ७ जना रेजिडेन्ट विद्यार्थी छन्। विभागीय प्रमुख र एसोसिएट प्रोफेसरबाट पटक पटक दुर्व्यवहार भएको उनीहरुको भनाइ छ । एकवर्ष अघि पनि एक जना विद्यार्थीले दुर्व्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थीले बीचमै पढाइ छोडेका थिए । यता, उक्त घटनाबारे केयू स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. मनोज हुमागाईले नाम जोडिएकाहरुलाई १ हप्ताको स्पष्टीकरण सोधिएको बताए ।

‘विद्यार्थीहरुले भने जस्तो केही नगरेको हैन, डिनको कार्यालयले कानून अनुसार गर्नुपर्छ, उनीहरुलाई स्पष्टीकरण सोधेको आज (आइतबार) एक हप्ता भयो। तत्काल कानून अनुसार निर्णय गर्छौ,’ डिन हुमागाईले भने, ‘ नेपाल मेडिकल काउन्सिलको १ हप्ते निलम्बनको निर्देशन पालना भइसकेको छ।’ यो विषयमा नेपाल मेडिकल काउन्सिलले चासो राख्दै चार जना चिकित्सकलाई एक हप्ता कामकाज नगर्न भन्दै अस्पताललाई पत्र लेखेको थियो । अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि काम काजमा नलगाउनु भन्दै निलम्बन गरेको थियो।

गत १२ फागुनमा बसेको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न/नगराउन केयु स्कूल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको थियो। नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा.शातिस देवका अनुसार चारै जना चिकित्सकलाई बयानका लागि तीन दिनभित्र काउन्सिलमा उपस्थित हुन केयु स्कूल अफ मेडिकल साइन्सेजलाई निर्देशनात्मक पत्राचार गरिएको छ । डा.देवका अनुसार आइतबार उनीहरूसँग बयान लिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
कर्णाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
संघीय संसद्को दुवै सदनको बैठक बस्दै
संघीय संसद्को दुवै सदनको बैठक बस्दै
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्: योगेश भट्टराई
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन्: योगेश भट्टराई
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
नेपाल पर्यटन बोर्ड र कोशी प्रदेश सरकारबीच कोशी भ्रमण वर्षबारे समझदारी पत्रमा सम्झौता
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मलखाद कालाबजारीको सुराकी दिनू, छापा मारेर कारबाही गर्छौँ, सीके राउत
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री