५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
५८ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

सारांश

  • शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.
  • ६३ अंकले बढेर २६८२.
  • २५ बिन्दुमा उक्लेको छ ।

७ असोज, काठमाडौं ।

शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ । यस अघिको कारोबार आईतबार नेप्से परिसुचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो । यसदिन कुल ३२८ स्टकको ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ रुपैयाँ बराबरको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये २३८ कम्पनीको शेयर मूल्य बढ्दा १४ कम्पनीको शेयर मूल्य घटेको छ ।

यद्यपी, अघिल्लो कारोबार दिन ९ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । आज ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन् । जसमा सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी, एशियन हाइड्रो र हिम स्टार उर्जा रहेका छन् । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । जसको करिब ३८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यसपछि यूनिभर्सल पावर (१८ करोड ५० लाख) र हिमालयन डिष्टिलरी (१८ करोडभन्दा बढी) प्रमुख कारोबार भएका कम्पनी बने । आज सेन्सेटिभ इन्डेक्स ९.०८ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३.९० अंकले बढेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०१ अंकले बढेको छ । यस दिन सबै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्द बढी बढेको छ । तयसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाले बोलायो सचिवालय बैठक
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
रास्वपासँग फेरि छलफलमा जुटे कुलमान
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत खोले नयाँ दल, नाम ‘गतिशील लोकतान्त्रिक पार्टी’
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यु
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
रेशम चौधरीको मुद्दामा आज अन्तिम बहस
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम
वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गयो : कांग्रेस सांसद गौतम