योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफि गर्ने छाती मसँग छ : सभापति लामिछाने

सारांश

  • रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् ।
  • बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए ।
  • उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले लेख्ने हो ।

२४ पुस, काठमाडौं ।

रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन् । बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए । उनले भने, ‘अब हामीले आफ्नो भविष्य आफैँले लेख्ने हो । यिनलाई प्रतिपक्ष पनि नराख्ने हो । किन राख्ने प्रतिपक्षमा ? के का लागि राख्ने ? कलिला बालबालिकाहरूको टाउको र छातीमा ताकीताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई ? नराख्ने म स्पष्ट गर्न चाहान्छु ।

मलाई कटाक्ष गर्नु छैन, पीर त छ मलाई, राज्यले म माथि जुन दमन गर्यो चित्त त दुखेको छ । तर यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन । सिङ्गो देशको कुरा हो । मैले कारागारबाट भनेको थिए यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन् । अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो । यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन ।’ यस्तै सभापति लामिछानेले देशको पीडाको अगाडि आफ्नो पीडा ठूलो नभएको भन्दै आफूमाथि योजना बनाएर प्रतिशोध साँध्नेहरुलाई माफि गर्ने छाती आफूसँग भएको धारणा राखे । मेरो व्यक्तिगत पीडा देशको अगाडि केही ठूलो कुरा हैन् । त्यसलाई हिसाब गर्दै गरौंला । म त प्रतिशोधमा पनि छैन् । जसले ममाथि योजना बनाएर प्रतिशोध साँधे मसँग तिनलाई माफि गर्ने छाती छ ।’ उनले भने । त्यस्तै उनले आफूमाथि अझै पाँच ठाउँमा तरबार झुन्डाइएको भन्दै त्यो जुनसुकै बेला खस्नसक्ने बताए ।

पटक पटकको मुद्दा मामिला र झमेलाले जनतालाई गरेको कयौँ बाचाहरू पुरा गर्न नपाएको भन्दै आफ्ना लागि जनताले बगाएको आँसुको एउटा थोपा पनि खेर फाल्न नदिने प्रतिबद्धता जनाए । उनले भने, ‘म माथिको तरबार अझै पाँच ठाउँमा झुन्डिएको छ । कुनै पनि बेला खस्न सक्छ , खसोस् तर मलाई प्रवाह छैन । तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो । उपस्थित आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू, तपाईँले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले धित मर्ने गरी काम गर्नै पाइनँ । म तपाईँको घर आँगनमा आउनै पाइनँ, पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौँ बाचाहरू पुरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ तर पनि तपाईँहरूले मेरा लागि बगाउनुभएको आँसु मलाई याद छ । त्यो आँसुको एउटा एउटा थोपा खेर फाल्न दिने छैन ।’ उनले भने,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
तातोपानी र रसुवागढी नाका ठप्प, थप  खोल्न माग
तातोपानी र रसुवागढी नाका ठप्प, थप खोल्न माग
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
सिरोहिया पक्राउविरुद्ध सञ्चारमाध्यमको सामूहिक प्रतिरोध
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा
कुशल र करणको ‘कमब्याक’ प्रदर्शनमा नेपालले क्यानडा एचपीलाई हरायो
कुशल र करणको ‘कमब्याक’ प्रदर्शनमा नेपालले क्यानडा एचपीलाई हरायो
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
मिटरब्याज पीडितद्वारा सरकारसँग संवादका लागि औपचारिक वार्ता टोली गठन
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
धनगढीमा ट्याक्टरको ठक्करबाट घाइते बालकको भारतमा उपचारका क्रममा मृ*त्यु
गुल्मी–१ मा सागर ढकाल विजयी
गुल्मी–१ मा सागर ढकाल विजयी
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने
नेपालको विपद् व्यवस्थापनमा बिश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने