कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
१०१ पटक हेरिएको
Shares
कार्यदल बैठकमा अध्यक्ष ओलीको राजीनामा कहीँ कतै नमाग्ने सहमति भयो: महेश बस्नेत

सारांश

  • एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको जानकारी दिएका हुन्।
  • ‘एमाले फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ।
  • यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बलथलीको बैठकपछाडि तीन जना नेताहरूलाई हामीले आएका सबै मस्यौदा प्रस्तावहरू समेटेर एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएका थियौँ।

नेकपा एमालेका सचिव महेश बस्नेतले आज बसेको कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको बताएका छन्।

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको जानकारी दिएका हुन्।

‘एमाले फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ। यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बलथलीको बैठकपछाडि तीन जना नेताहरूलाई हामीले आएका सबै मस्यौदा प्रस्तावहरू समेटेर एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएका थियौँ। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो। त्यसमा छलफल गर्न मुख्य आधार बनायौँ। त्यसका सन्दर्भमा अझ अरू केही कुराहरू व्याख्या गर्ने’ उनले भने, ‘जस्तो: अहिलेसम्म जुन ढंगले भ्रम गएको छ- अध्यक्षको राजीनामा माग्ने अध्यक्षको राजीनामा कहीँ कतै नमाग्ने अध्यक्षलाई हटाउने कुरा कहीँ कतै नगर्ने अध्यक्षको आलोचना कहीँ कतै नगर्ने त्यसपछि पार्टीले राष्ट्रिय प्रतिनिधि परिषद्‌को बैठक डाक्ने कि नडाक्ने, यस सन्दर्भमा पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी, पार्टीलाई जुझारु ढंगले अगाडि बढाउने गरी, वर्तमान सरकारको अधिनायकवादी, प्रतिशोधी, निरंकुश र जनविरोधी शैलीको सशक्त आन्दोलन गर्ने ढंगले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने सहमति भएको छ।’

यस्तै एमालेका अर्का सचिव राजन भट्टराईले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा एउटै प्रतिवेदन आउने बताए।

‘तर, अहिले आएका प्रतिवेदनलाई परिमार्जन गरिनेछ’, उनले भने।

प्रतिवेदनलाई अन्तिम रूप दिन अहिले फेरि कार्यदलको बैठक बस्ने अर्का सचिव छविलाल बिश्वकर्माले बताए।

‘२९ पेजको प्रतिवेदनलाई परिमार्जन गरेर पास गर्ने, तलबाट आएका सुझावलाइ अनुसूचीमा राख्ने र तत्काल अध्यक्ष ओली हट्ने कुरा नराख्न सहमति कार्यदलमा भयो’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
दुई प्रदेशमा आज सार्वजनिक बिदा
दुई प्रदेशमा आज सार्वजनिक बिदा
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
विद्युत प्राधिकरणबाट कुलमान घिसिङ पदमुक्त
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल
ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई गोल्छा ग्रुपले दियो २० थान मोटरसाइकल