मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
२४ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी

सारांश

  • मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् ।
  • संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादवले ३ मन्त्री नियुक्त गरेका थिए ।
  • तीनैजना मन्त्री विना विभागीय थिए ।

८ मंसिर, जनकपुरधाम ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् । संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको पानस होटलमा शपथ लिएका मुख्यमन्त्री यादवले ३ मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्री विना विभागीय थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरिएको हो ।नेकपा एमालेबाट बिना विभागीय मन्त्री नियुक्त गरेका लखन दासलाई ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।यस्तै नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राप्रपाबाट मन्त्री बनेकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।२ मंसिरमा सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगराउन अन्तरिम आदेश दिएको थियो । यो आदेश मुद्दाको अन्तिम किनारा नलागेसम्म कायम हुने उल्लेख थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?