विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares
विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु : अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
  • नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
  • उनले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिने बताए ।

२१ जेठ, काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘पूर्वाधारमा बजेट कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिने बताए ।  अर्थमन्त्री पौडेलले विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको स्वीकार गर्दै चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गरे ।

उनले भने, पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । बजेटको विश्वसनीयता कायम राख्दै वित्तीय अनुशासनलाई कडाईका साथ पालना गरिनुका साथै विगतमा पुँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन् । चालु आर्थिक वर्षमा यसमा सुधार ल्याउने दृढता व्यक्त गनै चाहान्छु ।’ त्यस्तै उनले बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै नसुनिएको भन्दै यो सकारात्मक पक्ष रहेको धारणा राखे । साना ठूला सबै आयोजनाहरूमा स्रोतको सही सदुपयोग र जवाफदेहिता सुनिश्चित गरिने उनले उल्लेख गरे।

उनले भने, ‘बजेटको आकार ठुलो भयो भन्ने आलोचना यसपटक खासै सुनिएन, यो सकारात्मक छ । तर हाम्रो मुख्य चुनौती पुँजीगत खर्च बढाउने र चालु खर्च नियन्त्रण गर्ने हो। यसमा हामी गम्भीर छौँ । तीन करोडसम्मका आयोजनामा देखिएका समस्या र सार्वजनिक खरिद ऐनका केही प्रावधानले पारेको अप्ठ्यारोबारे सरकार सचेत छ र आवश्यक सहजीकरणको लागि प्रयासरत छ’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
स्थानीय तह बजेट : ग्रामथानमा एमाले– माओवादीबीच झगडा
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?
आज राति सातै प्रदेशमा वर्षाको सम्भावना, बढी कहाँ?
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री
पूर्वविशिष्टलाई सुविधा दिन कानुन बनाउन लागिएको हो : गृहमन्त्री