Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अझै खुलेन मेची राजमार्ग, यात्रुलाई सास्ती

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
अझै खुलेन मेची राजमार्ग, यात्रुलाई सास्ती

सारांश

  • गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।
  • मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ।
  • सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन्।

२६ असोज, इलाम ।

गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ। सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन्।

सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन्। सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए। ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए। ‘सडक खुलाउन हामी दिनरात लागिरहेका छौं’, उनले भने, ‘तर सि¬ङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो ।’ पहिरो पन्छाउन सडक डिभिजनले तीनवटा एस्काभेटरको प्रयोग गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताए । ‘सडकखण्ड मर्मतकै क्रममा छ । सुरक्षित रूपमा आवागमन गर्न सकिनेगरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएका छौं’, उनले भने ।

राजमार्गको राजदुवाली र इलाम-नेपालटार खण्डको मिलगोलाईमा ठूलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको छ । झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् ।

सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्‍याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् । वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक)अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन । बाढीपहिरोका कारण जिल्लाका अधिकाशं स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् ।

राजदुवाली सडकखण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् । इलाममा हालैको सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र एक जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट २७६ परिवार विस्थापित, १५१ घर पूर्ण र ३२७ घर आंशिक क्षतिग्रस्त भएको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
अमरेश सिंहले ५ जिल्ला बाहेक अरु जिल्ला विदेशीलाई दिउ भनेपछि संसद्‍मा हंगामा
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स
भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ
गुल्मीमा नाबालिका करणी आरोपमा एकजना पक्राउ