बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

सारांश

  • प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका-१ टीकापुर लम्की सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो।
  • शनिबार साढे १० बजे थारुले चलाएको सु.

 

१६ मंसिर, कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा जानकी गाउँपालिका-१ का ३५ वर्षीय विमल डगौँरा थारुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका-१ टीकापुर लम्की सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको हो। शनिबार साढे १० बजे थारुले चलाएको सु.प.प्र.०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर नालामा पल्टिएको हो।  दुर्घटनामा गम्भीर घाइते थारुको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?