विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
३० पटक हेरिएको
Shares
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना

सारांश

  •  विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।
  • रामपुर नगरपालिका– ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो ।
  • जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो ।

 

५ असार, पाल्पा । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई एक–एक लाखका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।

रामपुर नगरपालिका– ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो । जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो । रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा एक–एक लाखका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताए । उनकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?