गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
२८ पटक हेरिएको
Shares
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु

सारांश

  • गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
  • शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.
  • क.

११ साउन, गुल्मी ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी  ) नारायणप्रसाद अधिकारीले बताए ।

ढुङ्गा-माटोले बनेको टिनको छानो भएको एक तले घरमा आगलागी हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार उनी मानसिक रुपमा अवस्वस्थ व्यक्ति हुन् । घरमा रहेकी मनिदेवी वि.क., उनका नातिहरू १२ वर्षीय श्रीधर वि.क. र ११ वर्षीय अरुण वि.क. भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन ।

घटनाबारे बिहान ५ : ४५ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट टोली खटिएको थियो । स्थानीयको सहयोगमा साढे ६ बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
विद्यालयको कोठामा झुण्डिएको अवस्थामा ७५ वर्षीय चौकीदार मृत फेला
देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन
देशभरका १५ मुख्य राजमार्ग अवरुद्ध, पाँच वटा एकतर्फी सञ्चालन
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
रास्वपा उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक