टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषधदेखि नागरिकता, राहदानी कीर्तेसम्मको मुद्दा दर्ता

सारांश

  • जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ ।
  • करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
  • सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

२३ मंसिर, काठमाडौं ।

जेनजी आन्दोलनलाई भड्काएको आरोपमा समातिएका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ । करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीविरुद्ध अहिले लागुऔषधको कसुरका साथै लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । उनको कोठाबाट गाँजा बरामद भएकाले लागुऔषधको कसुरमा पनि मुद्दा चलाइएको प्रहरीले बताएको छ । त्यसैगरी उनीबाट प्राप्त नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र समेत कीर्ते भेटिएकाले लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको  । गलत विवरण पेस गरेर तेन्जिनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको, त्यही नागरिकताको आधारमा राष्ट्रिय परिचय बनाएको राहदानी बनाएको आरोप छ । जसअनुसार उनीविरुद्ध नागरिक कीर्ते, राहदानी कीर्ते र राष्ट्रिय परिचय पत्र कीर्ते कसुरमा पनि मुद्दा दायर गरिएको हो । तिब्बतीयन मुलका तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए ।

तर बाबु भनिएका व्यक्तिले समेत तेन्जिनलाई नचिन्ने बताएपछि नागरिकता गलत विवरण पेश गरेर लिएको प्रहरीले बताएको छ । उनीविरुद्धको मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ । बयान सकिएपछि थुनकेछ बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा मध्ये एक आदेश आउनेछ । यसअघि उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । त्यतिबेला उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय धरौटी माग भएको थियो । तर लागुऔषध र कीर्तेको अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो । जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान राडरमा रहेको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ । तीन महिना लामो अनुसन्धानपछि यो समूहको फ्री तिब्बतसँग कुनै साइनो नरहेको सन्देश दिएको छ ।

जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरूले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्यतथ्य बाहिर आउने जवाफ दिएको थियो । २६ असोजमा यो समूहका मुख्य व्यक्ति तेन्जिन दावा लामालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले तेन्जिन बाहेक यसका अन्य सदस्यसमेत तिब्बती मूलका नरहेको प्रष्ट बताएको छ । टीओबी (तिब्बती ओरिजिनल ब्लड) लेखेको टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिन बाहेक अरू फेला नपरेको पनि प्रहरीको भनाइ छ । यो समूहका अन्य सदस्यहरूले टीओबीलाई द ओरिजिनल ब्रदर्सको रूपमा लिने गरेको पनि प्रष्ट पारेका छन् । गत २३ र २४ भदौमा भएको बुलेट बाइक पड्काउँदै हिँडेको यो समूहले बाइकर्स ग्रुपकै समूह रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
विश्वविद्यालयको छतबाट हाम फालेर युवकले गुमाए ज्यान
नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह
नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
मधेश र कोशी प्रदेशमा आज अत्यधिक गर्मीको सम्भावना
मधेश र कोशी प्रदेशमा आज अत्यधिक गर्मीको सम्भावना
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
वीरगन्जको नारायणी अस्पतालमा आगलागी  
वीरगन्जको नारायणी अस्पतालमा आगलागी  
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना
मधेसका मुख्यमन्त्री यादवलाई काम गर्न दिन माग गर्दै जनकपुरधाममा धर्ना
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का
ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक : मन्त्री खड्का