जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २०, २०८२
|
|
९० पटक हेरिएको
Shares
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीले आज जनकपुरधाममा एकता सन्देश सभा गर्दैछ।
  •   मधेस प्रदेशका ८ वटै जिल्लाबाट कार्यकर्ता र शुभेच्छुक उतारेर नेकपाले शनिबार जनकपुरमा सन्देश सभा गर्न लागेको हो।
  • माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १६ वटा वाम घटक मिलेर गएको कात्तिक १९ गते नेकपा गठन भएको हो।

२० मंसिर, जनकपुरधाम ।

नेपाली कम्युनिस्ट पार्टीले आज जनकपुरधाममा एकता सन्देश सभा गर्दैछ।  मधेस प्रदेशका ८ वटै जिल्लाबाट कार्यकर्ता र शुभेच्छुक उतारेर नेकपाले शनिबार जनकपुरमा सन्देश सभा गर्न लागेको हो। माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १६ वटा वाम घटक मिलेर गएको कात्तिक १९ गते नेकपा गठन भएको हो। आज दिउँसो १२ बजे जनकपुरको तिरहुतिया गाछीमा सन्देश सभा हुने सो पार्टीका नेता महेन्द्रराय यादवले जानकारी दिएका छन्।

आजको सभामा ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी नेकपाले गरेको छ। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, मातृका यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।  यसअघि नेकपाले गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ। अब बागमतीको हेटौँडामा मङ्सिर २३ गते एकता सभा हुने सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित
तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
सात महिनामा बिमा कम्पनीद्वारा पौने ४१ अर्ब दाबी भुक्तानी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
भरुवा बन्दुकसहित एकजना पक्राउ
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा