Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
५१ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

सारांश

  • ९३ प्रदेश सभा सदस्य रहको प्रदेश सभामा मुख्यमन्त्री कार्कीले ६६ मत हासिल गरेका हुन्।
  • सरकारको विश्वासको मतका लागि ४७ सांसदको मत आवश्यक हुन्छ।
  • सभामुख अम्बरबहादुर विष्टका अनुसार मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत हासिल गरेको र विपक्षमा १५ मत परेको घोषणा गरे।

 

२ असोज , माेरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत हासिल गरेका छन्।Worldlink ads९३ प्रदेश सभा सदस्य रहको प्रदेश सभामा मुख्यमन्त्री कार्कीले ६६ मत हासिल गरेका हुन्। सरकारको विश्वासको मतका लागि ४७ सांसदको मत आवश्यक हुन्छ। सभामुख अम्बरबहादुर विष्टका अनुसार मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत हासिल गरेको र विपक्षमा १५ मत परेको घोषणा गरे। प्रदेशसभाको मतदानमा ८३ प्रदेश सांसदहरुको सहभागिता रहेको बताएका सभामुख विष्टले मत नहालेर तटस्थ बस्नेको अवस्था शून्य रहेको जानकारी दिए। यससँगै मुख्यमन्त्री कार्कीले दुईतिहाईसहित बिश्वासको मत प्राप्त गरेका हुन्। मतदानका क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका २ जना सांसदले भने मतदानमा सहभागिता जनाएनन्।यसअघि मुख्यमन्त्री कार्कीले गत बैशाख ३१ गते बिश्वासको मत लिएका थिए। नेकपा माओवादी केन्द्र कोशी प्रदेशले सरकारबाट गत भदौ १४ गते समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रोपटक बुधबार विश्वासको मत लिएका हुन्। प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको एमालेको ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
मधेसको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस 
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
तनहुँको मान्द्रे खोलामाथि कल्भर्ट निर्माण
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
म्यादी प्रहरीलाई अब ‘निर्वाचन प्रहरी’ भनिने
लडेर एक बालकको मृत्यु
लडेर एक बालकको मृत्यु
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमै खेलकुद मन्त्रीलाई देखाए कालो झण्डा
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय