लडेर एक बालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ७, २०८१
|
|
७५ पटक हेरिएको
Shares
लडेर एक बालकको मृत्यु

सारांश

  • मुगुमा एक जना बालकको लडेर मृत्यु भएको छ ।
  • छायांनाथ रारा नगरपालिका १४ बाम गाउँका पृथ्वी बढुवालका छोरा अन्दाजी १० बर्षका बालक किसान बढुवालको लडेर मृत्यु भएको हो ।
  • सदरमुकाम गमगढि बजार स्थित सोरु जाने बाटो नजिकै राज बहादुर भग्रि को घरमा पृथ्वी बढुवालका परिवार घर भाडामा बस्दै आएका थिए ।

 

७ पुस, मुगु । मुगुमा एक जना बालकको लडेर मृत्यु भएको छ । छायांनाथ रारा नगरपालिका १४ बाम गाउँका पृथ्वी बढुवालका छोरा अन्दाजी १० बर्षका बालक किसान बढुवालको लडेर मृत्यु भएको हो ।

सदरमुकाम गमगढि बजार स्थित सोरु जाने बाटो नजिकै राज बहादुर भग्रि को घरमा पृथ्वी बढुवालका परिवार घर भाडामा बस्दै आएका थिए । शनिबार ४ बजे पृथ्वी बढुवालका छोरा किसान बढुवाल भाडामा बस्दै आएको घर राज बहादुर भग्रिको तीन तला घरको छतमा भाईहरुसंग खेल खेलिरहेको अवस्था घरबाट तल खसेर टाउकाको बायाँ पट्टी गहिरो चोट लागेको जनाईएको छ ।

लडेर घाइते भएका बालक बढुवालको उपचारको लागि जिल्ला अस्पताल ठिनिमा लगिएको भएको भएपनि टाउको बायाँ पट्टी गम्भीर चोटलागेको हुनाले उपचार गर्दै गर्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला अनुसन्धान स्रोतले जनाएको छ । मृतक बढुवालको लासलाई अहिले जिल्ला अस्पतालको सव गृहमा राखिएको छ । आईतवार मृतकका आफन्त आएपछि पोष्टमोटम गरिने जनाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?