मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै

सारांश

  • तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।
  •  छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् ।
  • व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् ।

२१ भदौ, जनकपुरधाम । तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् । व्रतालुहरूले साँझपख गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल आदि प्रसादको रूपमा अर्पण गर्छन् । सूर्यास्तपछि आँगनमा गाईको गोबरले लिपेर चामलको पिठोबाट कलात्मक अरिपन बनाई, त्यसमा पूजाका सामग्री राखेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।यस अवसरमा माटोको नयाँ भाँडोमा दही, केरा, मिठाई र विभिन्न पकवानहरू चढाइन्छ ।साथै, गणेश र चन्द्रमाको कथा सुन्ने प्रचलन पनि छ । यो पर्वको प्रारम्भ प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमांगद ठाकुरले गरेको धार्मिक मान्यता छ, जसले चौठचन्द्र गर्नाले विशिष्ट फल प्राप्त हुने विश्वास स्थापित गरेका थिए । धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत मधेशका जिल्लाहरूमा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ । भारतका केही राज्यहरूमा पनि चौठचन्द्र पर्व मनाउने प्रचलन रहेको छ । पर्वको अन्त्यमा चढाइएको प्रसाद ग्रहण गर्ने र इष्टमित्रलाई वितरण गर्ने परम्परा रहिआएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु
माओवादी केन्द्रीय समिति बैठक: प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
कोसीको नीति तथा कार्यक्रम बहुमतले पारित
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्रको अग्रता, नरेश भण्डारीले पछ्याउदै
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेन्जी मुभमेन्ट नेपालको माग
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा करिब ९८ लाख ठगी गर्ने छ जना पक्राउ