अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

सारांश

  • अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ ।
  • २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो ।
  • त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ ।

 

२५ फागुन, काठमाडौं । अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्ट छ । यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।

ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले ३८ नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको बताएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि गैह्रकानूनी रुपमा अमेरिकामा बसोबसा गर्दै आएकाहरुर धमाधम डिपोर्ट हुन थालेका छन् । २२ फागुनमा मात्रै आठ नेपालीलाई चाटर्ड विमानमार्फत हत्कडी र नेल लगाएर काठमाडौं फिर्ता गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ