सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते

सारांश

  •       सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तिन जना घाइते भएका छन् ।
  • प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्ट र सिंहले जानकारी दिनुभयो ।
  • झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।

७ असार,  सर्लाही ।     

सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा बाटो विस्तारक्रममा शनिबार बिहान दुई पक्षबिच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तिन जना घाइते भएका छन् ।

प्रहरीले झडप नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्ट र सिंहले जानकारी दिनुभयो । झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् । प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिनेक्रममा र अन्य दुई सर्वसाधारण भने आपसमा झडप हुँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लाने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा र सशस्त्र प्रहरीको समेत गरी ठुलो सङ्ख्यामा प्रहरी तैनाथ गरिएको छ । झडप नियन्त्रणमा आइसकेकाले अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खैराटोलमा सडक विस्तार गरेर ढलान गर्नेक्रममा बिहीबार केही महिला र पुरुष मिलेर एक जना महिलालाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सोही दिनदेखि सडक विस्तारकै क्रममा विवाद भएर दुई पक्षबिच झडप भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
संघीय संसद्का सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन ठप्प
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
पूर्वराजामाथि अनुसन्धान शुरु, राहदानी रद्ध हुदै
एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: कुलमान घिसिङ
एकताको १२ दिन अत्यन्तै पीडादायी रहयो: कुलमान घिसिङ