‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
५२ पटक हेरिएको
Shares
‘डेडिकेटेड लाइन’ विवाद : सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • ‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो ।
  • १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग मौखिक सहमति गरेको थियो ।

२३ कात्तिक, काठमाडौं ।

‘डेडिकेटेड लाइन’ विवादमा नेपाल उद्योग, वाणिज्य महासंघ र सरकारबीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले सहमति कार्यान्वयन गर्न भनेको हो । १७ कात्तिक २०८२ मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र मुख्यसचिव सहित बैठकले महासंघसँग मौखिक सहमति गरेको थियो ।छलफलले भुक्तानी महसुल सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउने सहमति गरेको समेत कार्यालयको भनाइ छ ।

बैठकमा उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउने गरी दिएको २८ किस्ताको एक किस्ता बराबर रकमलाई किस्ताका रूपमा नभई विवादित रकम मानी धरौटीका रूपमा बुझाएपछि काटिएको विद्युत् लाइन तुरुन्त जोडिने सहमति भएको थियो । धरौटी रकम बुझाएपछि उद्योगीहरू प्रशासनिक पुनरावलोकनमा समेत जान पाउने र अन्य कानुनी उपचार पनि खोज्न सक्ने गरी सहमति भएको महासंघ अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । सम्बन्धित उद्योगीले प्राधिकरणमा धरौटी बुझाउँदा नै सोही निवेदनमा आफ्नो असहमति समेत राखी पुनरावलोकन एवं अन्य बेहोरा उल्लेख गरी पेस गर्न सक्ने सहमति भएको थियो । करिब दुई दर्जन उद्योगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ प्रयोग गरेबापत प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो । सहमतिपछि रकम बुझाउने उद्योगको लाइन जोडिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता
राजनीति नेपाल र चीनबीच १३ वटा सम्झौता
झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
गृहमन्त्री ओमप्रकाश अर्यालका १०० दिनः जेनजी राहतदेखि निर्वाचन तयारीसम्म
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै
प्रतिनिधिसभा अन्तर्गतको ६ वटा संघीय संसद्को बैठक बस्दै
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
नागरिक उन्मुक्ति पार्टीले गर्यो नेपाल बन्दको घोषणा। 
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो