हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी

सारांश

  • हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवन सहित शैक्षिकसामाग्री खरानी भएको छ ।
  • आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् ।
  • ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।

२० कात्तिक, मुगु ।

हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी हुँदा विद्यालयको भवन सहित शैक्षिकसामाग्री खरानी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण शैक्षिक सामग्री जलेर नष्ट भएका हुन् । ढुङ्गा र माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिकाका उपध्याक्ष कर्ण रोकाया (सुधार) ले नेपाल न्युज बैंकलाई जानकारी दिएका हुन् ।

‘विद्यालयको कार्यालय रहेको कोठामा ताल्चा नलगाएको अवस्थामा साँझको समयमा एक्कासी आगलागी भएको थाहा भएको हो । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा अहिले सम्म खुलेको छैन,‘ रोकायाले नेपाल न्युज बैंकसँग भने । ‘स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ र घट्ना कसले गरायो भन्ने बारेमा अनुसन्धान सुरु भएको छ ।’ आगालागीका कारण विद्यालयको कार्यालयमा राखिएका कम्प्युटर, किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत सम्पुर्ण कागजातहरू जलेर नस्ट भएको उनले जानकारी दिए । आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
आज कोशी र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना 
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
विश्व मानसिक स्वास्थ दिवसमा र्याली कार्यक्रम।
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार
बिदामा राखेको महानगरको तालिम शिक्षकद्वारा बहिष्कार