विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
१७ पटक हेरिएको
Shares
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

सारांश

  •    सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ ।
  • एम्नेस्टी इन्टरनेसनलले आज सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको देखाएको हो ।
  • प्रतिवेदनमा सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तघुलित भएको एउटा क्रुर नयाँ युगतर्फ धकेल्दै गएको उल्लेख गरिएको छ ।

 

१६ वैशाख, काठमाडौं ।  

सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ । एम्नेस्टी इन्टरनेसनलले आज सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको देखाएको हो । प्रतिवेदनमा सम्पूर्ण मानव जगतलाई अधिनायकवादी अभ्यास र कर्पोरेट जगतको लालच अन्तघुलित भएको एउटा क्रुर नयाँ युगतर्फ धकेल्दै गएको उल्लेख गरिएको छ ।

एम्नेस्टीले १५० देशको मानव अधिकार अवस्थामा अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा विश्वव्यापीरूपमा नै मानवअधिकार संकट पैदा हुने जनाएको छ । प्रतिवेदनले विश्वभरि भइरहेको अधिनायकवादी अभ्यासले विमतिप्रति निर्मम दमन भएको उल्लेख गरेको छ ।प्रतिवेदनले जलवायु संकटलाई सम्बोधन गर्न, बढ्दो असमानतालाई उल्ट्याउन र कर्पोरेट शक्तिलाई नियन्त्रण गर्नमा भएको सामूहिक विफलताका कारण विश्वले भावी पुस्तालाई सदाभन्दा झन कठोरतातर्फ धकेलिरहेको प्रमाण प्रस्तुत गरेको छ । नयाँ प्रविधिलाई पर्याप्त रूपमा नियमन गर्न विफल भएर, निगरानी उपकरणको दुरूपयोग गरेर र आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगमार्फत विभेद् र असमानताको जरालाई अझ गहिराइमा पुर्‍याएर सरकारले वर्तमान र भावी पुस्तालाई थप हानी पुर्‍याइरहेको प्रतिवेदनमा उल्लेख छ ।


मानव अधिकार खोस्न खोज्ने शक्ति र नाफाखोर लापरवाह राज्यसत्ताको विरुद्ध प्रतिरोध गर्नैपर्ने र विशाल र अविचलित आन्दोलन यस धर्तीका सबै मानिसको अन्तर्निहित मर्यादा र मानव अधिकारप्रतिको साझा विश्वासमा सदासर्वदा एकताबद्ध रहने एम्नेस्टीले जनाएको छ ।एम्नेस्टीले एसिया–प्रशान्त क्षेत्रको सिंहावलोकन गर्दा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख गरेको छ । प्रतिवेदनमा राजनीतिक अस्थिरताले मानवअधिकारको अवस्थामा योगदान पुर्‍याएको सबैभन्दा धेरै जोखिममा मानव अधिकार रक्षक र अभियन्ता रहेको देखाएको छ । अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचित लगाउने, भेला हुने र सङ्घरसङ्घठनको प्रदर्शनमाथि दमन,  जलवायु परिवर्तनले थप विषाक्त वायु प्रदूषणको मारमा परेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा एम्नेस्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी र प्रयन्त नेपालका अध्यक्ष सरिता लामिछानेले संयुक्तरूपमा उक्त प्रतिवेदनको सार्वजनिक गरेका थिए । उ एम्नेस्टी इन्टरनेसनलले निर्देशक निराजन थपलियाले प्रस्तुत गरेको उक्त विश्व मानव अधिकार प्रतिवेदनमा सन् २०२४ मा ३०० पत्रकार मारिएको र त्यसमध्ये प्यालेस्टेनी पत्रकार १०० रहेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राप्रपाले लिम्पियाधुरा–लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग
राप्रपाले लिम्पियाधुरा–लिपुलेकबारे संयुक्त राष्ट्रसंघमा कुरा उठाउन माग
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाको ‘चिठी’मै चलखेल
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
गैरीगाउँको सुकुम्बासी बस्तीको पक्की घरमा डोजर चलाइयो
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु
दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु

तपाईंले छुटाउनुभयो कि?