चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
६० पटक हेरिएको
Shares
चन्दा पासवानको विवाह हिन्दु सम्राट सेनाको सहयोगमा

सारांश

  • मलंगवा नगरपालिका–३ निवासी स्वर्गीय राम दयाल पासवानकी छोरी चन्दा पासवानको विवाह हिन्दु सम्राट सेना सर्लाहीको सक्रियतामा सम्पन्न भएको छ।
  • विवाह गएको शुक्रबार, असार १३ गते हिन्दु परम्पराअनुसार विधिपूर्वक सम्पन्न गरियो।
  • पिता स्वर्गीय राम दयाल पासवानको निधनपछि आर्थिक रूपमा कमजोर अवस्थामा रहेको परिवारमा छोरीको विवाह कसरी गर्ने भन्ने विषयमा ठूलो तनाव थियो।

१५ असार , सर्लाही ।
मलंगवा नगरपालिका–३ निवासी स्वर्गीय राम दयाल पासवानकी छोरी चन्दा पासवानको विवाह हिन्दु सम्राट सेना सर्लाहीको सक्रियतामा सम्पन्न भएको छ। विवाह गएको शुक्रबार, असार १३ गते हिन्दु परम्पराअनुसार विधिपूर्वक सम्पन्न गरियो। पिता स्वर्गीय राम दयाल पासवानको निधनपछि आर्थिक रूपमा कमजोर अवस्थामा रहेको परिवारमा छोरीको विवाह कसरी गर्ने भन्ने विषयमा ठूलो तनाव थियो।

आमा लगायत परिवारका सदस्यहरू चिन्तित थिए। सोही समयमा हिन्दु सम्राट सेना सर्लाही र केही स्थानिय समाजसेवीहरूको समन्वयमा विवाहको सम्पूर्ण जिम्मेवारी लिइयो। विवाहमा समाजसेवी सोहन झाले आफ्नै छोरी सम्झी कन्यादान गरेका थिए। हिन्दु परम्पराअनुसार कन्यादानलाई ‘महादान’ मानिने चलन अनुरूप विधिपूर्वक विवाह सम्पन्न गरियो। स्थानीय बासिन्दाहरूले यस प्रकारको सामाजिक सहकार्यलाई उदाहरणीय भन्दै सराहना गरेका छन्। विवाहमा स्थानीयहरूको समेत उपस्थिति रहेको थियो। विवाह सफलतापूर्वक सम्पन्न भएकोमा चन्दा पासवानकी आमा र परिवारका सदस्यहरूले हिन्दु सम्राट सेना सर्लाही, समाजसेवी सोहन झा र सहयोगी सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन: प्रचण्ड
पूर्वराजालाई मैले कुनै महत्व दिएको छैन: प्रचण्ड
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर