आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ६, २०८०
|
|
२१ पटक हेरिएको
Shares
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन छिट्टै आउन लागेको बताएका छन् ।
  • कार्यकाल एक वर्ष पूरा गरेकाले अब केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको उनले बताए ।
  • इनरुवामा ४०० केभी सबस्टेसनको आज उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको उल्लेख गरे ।

६ पुस, सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन छिट्टै आउन लागेको बताएका छन् ।

कार्यकाल एक वर्ष पूरा गरेकाले अब केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको उनले बताए । इनरुवामा ४०० केभी सबस्टेसनको आज उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको उल्लेख गरे । विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरु अँध्यारोमै थिए, अहिले करिब ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ, आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन अब छिट्टै आउँदै छ ।’ केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्न लागेको बताउँदै उनले थपे, ‘मेरो कार्यकालको एक वर्ष पुरा भएकाले अब विकासका र सुशासनका लागि धक्का दिएर काम गरिने छ ।’

उनले भने, ‘प्रसारण लाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिकरणमा रहेको समस्या समाधानमा छिट्टै महत्वपूर्ण निर्णय गर्दैछौं, केही दिनभित्र सुकम्वासीलाई जग्गा वितरण गर्न र वन विकास विरोधी भएको मान्यतालाई अन्त्य गर्न केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्दैछौं ।’ गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले नेपालमा रहेको अपार जलविद्युत्को सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन छिट्टै नेपालमा भारतीय उच्च अधिकारीहरुको उपस्थितिमा अन्तिम सम्झौतामा हस्ताक्षर गर्न लागेको पनि बताए । ‘यो नेपालको जलविद्युत् विकासमा अर्को महत्वपूर्ण र ऐतिहासिक खुड्किलो हुनेछ,’ उनले भने । इनरुवामा ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उदघाटनसँगै विद्युत प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भई सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय थपिएको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर संवाद गरिरहेको छ : प्रधानमन्त्री
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
रविविरुद्ध कास्की प्रहरीले बुझायो प्रतिवेदन, १ अर्ब ५१ करोड बिगोसहित मुद्दा चलाइने
सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग
सरकारसँग विपक्षी तीन दलको यस्ता छन् नौ बुँदे माग
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत
इरानको नयाँ प्रस्ताव अस्वीकार गर्ने ट्रम्पको संकेत
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
रविको थुनछेक बहस आज सकिएन, भोलि फेरि उपस्थित हुने
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन : प्रधानमन्त्री कार्की
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने