सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

साबिक विजेता लुम्बिनीलाई सामान्य लक्ष्य, सुदूरपश्चिम ८७ रनमै अल आउट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १०, २०८३
|
|
६३ पटक हेरिएको
Shares
साबिक विजेता लुम्बिनीलाई सामान्य लक्ष्य, सुदूरपश्चिम ८७ रनमै अल आउट

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।
  • तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.
  • २ ओभरमा मात्र ८७ रन जोड्न सक्यो ।

 

९ कात्तिक, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ । तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा मात्र ८७ रन जोड्न सक्यो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिए ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । उनले २३ बलको सामना गरेका थिए ।

कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ जोडे । अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेन २ र शेरफन रदरफोर्डले १ रन बनाए ।

आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमा आउट भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?