Press 4K
बुधबार, ३१ भाद्र २०८३

वेदविद्याश्रमका विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य, सुधारको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
वेदविद्याश्रमका विद्यार्थी भुइँमै बसेर पढ्न बाध्य, सुधारको माग

सारांश

  • राजधानीमै रहेको प्राचीन गुरुकुल शिक्षालय नेपाल वेदविद्याश्रमले आफ्नो दयनीय भौतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुधारको माग गरेको छ।
  • २०३१ सालदेखि सञ्चालनमा आएको यस विद्यालयको क्षेत्रफल ६५ रोपनीबाट खुम्चिएर हाल २१ रोपनीमा सीमित भएको छ।
  • कक्षा ४ देखि १२ सम्म अध्ययन हुने विद्यालयमा हाल २३५ जना विद्यार्थी अध्ययनरत छन्।

१६ चैत,काठमाडौँ ।

राजधानीमै रहेको प्राचीन गुरुकुल शिक्षालय नेपाल वेदविद्याश्रमले आफ्नो दयनीय भौतिक अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुधारको माग गरेको छ। २०३१ सालदेखि सञ्चालनमा आएको यस विद्यालयको क्षेत्रफल ६५ रोपनीबाट खुम्चिएर हाल २१ रोपनीमा सीमित भएको छ।

कक्षा ४ देखि १२ सम्म अध्ययन हुने विद्यालयमा हाल २३५ जना विद्यार्थी अध्ययनरत छन्। स्थापनाकालदेखि विभिन्न निकायमार्फत सञ्चालन हुँदै आएको विद्यालय हाल पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालनमा रहेको छ। व्यवस्थापनमा पटक–पटक परिवर्तन भए पनि विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा अपेक्षित सुधार हुन सकेको छैन। विद्यालयले प्रत्येक वर्ष एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्दै आए पनि भौतिक संरचना भने अत्यन्त जीर्ण अवस्थामा रहेको छ ।

छात्रावास तथा कक्षाकोठा मर्मत अभावका कारण जिर्ण बनेका छन् भने विद्यार्थीहरू भुइँमै दरी बिछ्याएर अध्ययन गर्न बाध्य छन् । हिउँद र वर्षायाममा थप कठिनाइ भोग्नुपर्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक केशब प्रसाद अधिकारिले जानकारी दिए । भूकम्पपछिका वर्षहरूमा देशका अन्य विद्यालयहरूले आधुनिक संरचना निर्माण गर्दै उल्लेखनीय प्रगति गरेका भए पनि राजधानीमै रहेको यस गुरुकुलको अवस्था भने सुधार हुन नसकेको गुनासो छ । विद्यालय पुनर्निर्माणका लागि विगतमा विभिन्न पहल भए पनि कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।

भारतीय राजदूतावासको सहयोगमा करिब एक अर्ब रुपैयाँ लागतमा नयाँ संरचना निर्माण हुने चर्चा भएपनि हालसम्म त्यसले गति लिन न सकेको प्रधानाध्यापक अधिकारीले बताए ।‘केन्द्रीय गुरुकुलको रूपमा चिनिने यो संस्थाको बाहिरी छवि फरक देखिए पनि वास्तविक अवस्था अत्यन्त कमजोर छ । विद्यार्थीहरू आधारभूत सुविधाबाट समेत वञ्चित छन्,’ उनले भने । उनीहरूले वर्तमान नेतृत्वसँग विद्यालयको स्तरोन्नति, भौतिक पूर्वाधार निर्माण तथा दीर्घकालीन व्यवस्थापन सुधारका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
थुनामा राख्ने आदेशविरुद्ध छविलाल उच्च अदालत
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
सुनको मूल्य घट्यो, चाँदी बढ्यो
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...