ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २६, २०८१
|
|
५९ पटक हेरिएको
Shares
ट्र्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, आठ जना घाइते

सारांश

  • ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् ।
  • दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।

२६ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् । दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए । घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
फेक लाइसेन्स प्रकरण : अख्तियारले माग्यो ४०२ कर्मचारीको तीनपुस्ते विवरण
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सय बढी वकिल
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
जिसस काभ्रेका प्रमुख गौतम पक्राउ
जिसस काभ्रेका प्रमुख गौतम पक्राउ
कतारी राजा थानी आज ५ बजे नेपाल आउँदै
कतारी राजा थानी आज ५ बजे नेपाल आउँदै
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति