सुकुनाका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
१४० पटक हेरिएको
Shares
सुकुनाका शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार

सारांश

  •   मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, स्थित सुकुना माध्यमिक विद्यालयका शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
  • विद्यालयको लेखा अधिकृतसमेत रहेका शिक्षक अविरल मास्केमाथि विद्यालयमै अध्ययनरत र पूर्वपीडित छात्राहरुले उक्त आरोप लगाएका हुन् ।
  •   उनीहरुले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतमा आफूहरुमाथि भएका यौनजन्य दुर्व्यवहार,अनुपयुक्त संवाद तथा मानसिक उत्पीडनको खुलासा गरेका छन् ।

 

४ साउन, मोरङ । 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, स्थित सुकुना माध्यमिक विद्यालयका शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । विद्यालयको लेखा अधिकृतसमेत रहेका शिक्षक अविरल मास्केमाथि विद्यालयमै अध्ययनरत र पूर्वपीडित छात्राहरुले उक्त आरोप लगाएका हुन् ।  उनीहरुले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतमा आफूहरुमाथि भएका यौनजन्य दुर्व्यवहार,अनुपयुक्त संवाद तथा मानसिक उत्पीडनको खुलासा गरेका छन् । शिक्षक मास्केले अश्लील म्यासेज पठाउने,व्यक्तिगत सम्बन्ध बनाउन दबाब दिने र जथाभावी शरीरमा छुने गरेको उनीहरुको आरोप छ ।

एक छात्राले भनेकी छन्, ‘यो सरलाई जेल हाल्नैपर्छ । मलाई यस्तो गरेको छ नि । ऊ एउटा बाटो हिँडिरहँदा,म अर्कै बाटो हिँड्थे । त्यसले मलाई त्यस्तोसम्म भनेको छ । म बयान गर्न सक्दिन,ती कुराहरु । मलाई कस्तो फिल भएको थियो त्यो बेला भनेर । त्यतिबेला मलाई डर लाग्थ्यो । स्कूलमा मेरो बदनामी हुन्छ भनेर कसैलाई भन्न सकिन ।’ अर्की छात्रा भन्छिन्, ‘कक्षा ११ मा हामी नयाँ भर्ना थियौं । त्यो सरले हामीलाई अकाउण्ट पढाउँथ्यो । मेरो साथीलाई बेबी,डार्लिङ भन्दै बाटो छेक्थ्यो । मेकअप गरेकी छस् भन्दै गाला र हात समाउन आउँथ्यो । मैले हेडसरलाई गएर भनौं भनेँ तर साथीले नमानेपछि चुप लाग्यौं ।’ विद्यालयकी एक पीडित पूर्वछात्राले भने यसबारे अन्य शिक्षकसँग गुनासो गर्दासमेत कुनै कदम नचालिएको आरोप लगाएकी छन् । ‘हामीले अफिसमै गएर भनेका थियौं । अबदेखि त्यसो गरेमा झापड हानिदिनू,स्ट्याण्ड लिनु भनियो । उहाँहरु गम्भीर नै हुनुभएन । यसले हामी निराश भयौं र बोल्नै छोड्यौं ।’

आफूहरुसँग ठोस प्रमाण नभएकोले त्यतिबेला मौन बस्न बाध्य भएको बताउँदै पीडित पूर्वछात्राहरु भन्छन्, ‘अहिले पनि त्यो सरले छात्राहरुमाथि त्यस्तो गर्ने गरेको सुनेपछि हामी बोल्न थालेका हौं । हाम्रो आवाजले अरु विद्यार्थी जोगिन्छन् भने हामी बोल्छौं ।’ कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयमा गनिने सुकुनासँग जोडिएको यो घटनाले गम्भीर प्रश्न उब्जाएको छ ।  सामाजिक सञ्जालमा पीडित छात्राहरुको अडियो भाइरल हुन थालेपछि विद्यालयको आन्तरिक वातावरण,विद्यार्थीको सुरक्षामाथि प्रश्न उठिरहेको छ । यससम्बन्धमा विद्यालयको प्रतिक्रिया लिन प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतलाई पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन । जन आस्था

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
मधेस प्रदेशः जीवन बिमाबाट ११ अर्ब १६ करोड सङ्कलन
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
शिक्षक महासंघले फेरि दियो आन्दोलनको चेतावनी
राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने
राप्रपाले रुपन्देही–३ को उम्मेदवार प्रारम्भिक निर्वाचनबाट छनोट गर्ने
सिन्धुपाल्चोकमा बस दुर्घटना
सिन्धुपाल्चोकमा बस दुर्घटना
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका