Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
४५ पटक हेरिएको
Shares
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा

सारांश

  • बी.
  • शाह स्मृति यु–१६ प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
  • ६ खेल खेलेको मधेसले चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

मधेस प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. शाह स्मृति यु–१६ प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । ६ खेल खेलेको मधेसले चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा मंगलबारको आफ्नो अन्तिम खेलमा मधेस प्रदेशले लुम्बिनीमाथि दुई विकेटको जीत हात पार्‍यो । १२७ रनको चुनौति पछ्याएको मधेसले २५ दशमलव ४ ओभरमा भेटायो । मधेसको जीतमा सन्तु मण्डलको २८, आयान मुखियाको २३, नुमैर अहमदको १९, माही यादवको १५ तथा सुशान्त सिंहको १२ रनको महत्वपूर्ण योगदान रह्यो । लुम्बिनीका लागि प्रिन्स पल र शुभम यादवले समान तीन–तीन तथा लक्ष्मण कुमालले १ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् ।

मधेशविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले ३१.३ ओभरमा नौ विकेटको क्षतिमा १२६ रन बनाउन सक्यो । लुम्बिनीका एक खेलाडी रिटार्यडहर्ट भएका थिए । लुम्बिनीका लागि घरेलु प्रतियोगिताको पहिलो दोहोरो शतकीय रेकर्ड बनाएका रौनक श्रीवास्तवले ४० रन जोडे । अभय यादवको बलमा नुमैर अलीलाई क्याच थमाउँदै पवेलियन फर्किदा ओपनर केशव विष्टले २५ रनको व्यक्तिगत योगदान दिए । बलिङतर्फ मधेसका अभय यादव, सलमान अली मन्सुरी र रोहन यादवको खातामा दुई–दुई विकेट थपिंदा नुमैर अमहद र राजिवकुमार सदाको नाममा समान एक–एक विकेट रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
नेकपा एमाले केन्द्रीय समितिको बैठक आजदेखि। 
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं
अब धरहराबाट हेर्न पाइन्छ काठमाडौं
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
रामेश्वर खनालले सम्हाले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए