अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु

सारांश

  • अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
  • जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।
  • मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए ।

१३ असोज, काठमाडौं ।

अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो । मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका वडानम्बर ६ पुर्कोट बस्ने १० वर्षीया अरुणा थापा र मदाने गाउँपालिका वडानम्बर ७ नेटाखर्क बस्ने १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक प्रसाद शर्माले जानकारी दिए ।

उनीहरुको सन्धिखर्क अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शर्माले बताए । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ । अन्यको उपचार अर्खाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ । ‘जिपमा ८ जना बालबालिकासहित २६ जना सवार थिए । तीमध्ये चार जनालाई चोट लागेको देखिन्छ । ती चारमध्ये दुई जनालाई बुटवल रिफर गरिएको हो,’ इन्सपेक्टर शर्माले भने । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ पुर्कोटदह बस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएको जिप सन्धिखर्क–ढोरपाटन सडकखण्डमा अनियन्त्रित भई २७ मिटर तल खसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
गृहमन्त्री अर्यालको गरियो विदाई, ९० दिने कार्यकालमा शान्ति सुरक्षा र निर्वाचनमा उपलब्धि भएको दाबी
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन बन्देज छैन : प्रचण्ड
रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो
रास्वपाका समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकियो
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
१ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य
१८ जना प्रहरी सम्पर्कविहीन
१८ जना प्रहरी सम्पर्कविहीन
सुनको मूल्यले फेरि बनायो रेकर्ड
सुनको मूल्यले फेरि बनायो रेकर्ड
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
सभामुखलाई प्रधानमन्त्रीको जवाफ : उपयुक्त समयमा संसद् आउँला
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव